SHARE
बुटवल टुडे · बिहीबार १० पु २०८२ ०२:०३ PM · 1 मिनेट पढाइ

औद्योगिक प्रदर्शनीमा अहिलेसम्मकै ठूलो भीडः एकै दिन ६० हजार अवलोकनकर्ता

बुटवल, १० पुस । रुपन्देही उद्योग संघले बुटवलमा आयोजना गरेको राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवमा यो वर्ष अहिलेसम्मकै सबैभन्दा धेरै अवलोकनकर्ता प्रवेश गरेका छन् । बिहीबार बिहानैदेखि प्रवेशद्वारामा अवलोकनकर्ताको घुँइचो लाग्न सुरु भएको थियो । दिनभर र साँझ अबेरसम्म प्रदर्शनीस्थलको गेटदेखि सबै स्टल तथा कार्यक्रमस्थलमा भरिभराउ देखिएको थियो ।