SHARE
बुटवल टुडे · सोमबार ७ पु २०८२ ०२:३६ AM · 1 मिनेट पढाइ

सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, मन्त्री घिसिङद्वारा छिटो सक्न निर्देशन

बुटवल, ७ पुस । सिद्धार्थ राजमार्गको सबैभन्दा जोखिमपूर्ण मानिने सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको काम ६५ प्रतिशत सम्पन्न भएको छ। पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानस्थित यस आयोजनाको मुख्य ११ सय २६ मिटर लम्बाइको सुरुङ खन्ने कार्य सकिएको हो। सुरुङमार्गको भौतिक प्रगति उत्साहजनक देखिए पनि वित्तीय प्रगति भने हालसम्म ५६ प्रतिशत रहेको छ।