SHARE
बुटवल टुडे · सोमबार ७ पु २०८२ ०६:४० AM · 1 मिनेट पढाइ

आन्तरिक पर्यटकको रोजाइमा गर्जुरा पार्क, ५ महिनामा १२ हजार बढीले अवलोकन

गुल्मी,७ पुस । धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गामा रहेको गर्जुरा पार्कमा  पाँच महिनाको अवधिमा १२ हजार बढीले अवलोकन गरेका छन् । रेसुङ्गा नगरपालिकाका सूचना प्रविधि अधिकृत सुरेश खनालका अनुसार यस आर्थिक वर्षको सुरुदेखि मङ्सिरसम्म १२ हजार एक सय जनाले रेसुङ्गा  क्षेत्रमा रहेको गर्जुरा पार्कको अवलोकन गरेका छन् ।