SHARE
बुटवल टुडे · सोमबार ७ पु २०८२ ०६:४८ AM · 1 मिनेट पढाइ

गुल्मीमा १८१ जनाले राहदानी बनाउँदा ९ लाख बढी राजस्व सङ्कलन

गुल्मी,  ७ पुस  ।  गुल्मीमा एक हप्ताको समय अवधिमा १८१ जनाले राहदानी बनाउँदा  नौ लाख बढी राजस्व सङ्कलन भएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार गत आइतबारदेखि शुक्रबारसम्म  १८१ जनाले राहदानीका बनाउँदा नौ लाख ६५ हजार  रुपियाँ राजस्व सङ्कलन भएको हो ।