SHARE
बुटवल टुडे · सोमबार ७ पु २०८२ ०७:०३ AM · 1 मिनेट पढाइ

प्रदर्शनका क्रममा माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ

काठमाडौं, ७ पुस । सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगानासहितका युवाहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा माइतीघर मण्डलाबाट ५ जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी नियन्त्रणमा पर्नेमा रविकिरण हमालसहितका पाँच जना रहेका छन् । प्रदर्शनमा सहभागी युवाहरूले सर्वपक्षीय सरकार गठन भएपछि मात्रै चुनाव हुनुपर्ने माग गरेका छन् ।