SHARE
बुटवल टुडे · सोमबार ७ पु २०८२ ०७:३३ AM · 1 मिनेट पढाइ

साना किसान कृषि सहकारी संस्थामा सुनारी अध्यक्ष

बुटवल । साना किसान कृषि सहकारी संस्था लि करहियाको सातौँ अधिवेशनले सकुन्तला सुनारी मगरको अध्यक्षता नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा लिला कुमारी भट्टराई, सचिव सुशिला पौडेल, कोषाध्यक्षमा टिका तिमिल्सिना चयन भएका छन् । त्यसै गरी सदस्यहरूमा सुभावती थारु, सुभकला क्षेत्री, अनिता चौधरी, कमला थापा शिला चौधरी चयन भएका छन् ।