SHARE
बुटवल टुडे · सोमबार ७ पु २०८२ ०७:४० AM · 1 मिनेट पढाइ

माइतीघर प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाललगायत नियन्त्रणमा

काठमाडौँ । मिराज ढुङ्गानाको नेतृत्वमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रदर्शनका क्रममा निकोलस भुसाललगायतका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।माइतीघर मण्डलामा ढुङ्गानाको नेतृत्वमा रहेको जेनजी समूहले प्रदर्शन गरेको थियो । सो प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो । काठमाडौँ प्रशासनले माइतीघर क्षेत्रमा उक्त समूहलाई प्रदर्शन गर्न अनुमति नदिएको जनाएको छ ।