SHARE
बुटवल टुडे · सोमबार ७ पु २०८२ ०८:०७ AM · 1 मिनेट पढाइ

केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत भेटिए

काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ स्थित देउराली जंगलमा एक जना युवक मृत अवस्थामा भेटिएका छन् । भोजपुरको अरुण गाउँपालिका–३ घर भई ललितपुरको लुभुमा बस्दै आएका २१ वर्षीय पारुहाङ राई मृत फेला परेका हुन् । उनको शव ललितपुरको लाकुरीभञ्ज्याङ र भक्तपुरको सीमा क्षेत्रमा पर्ने जंगलमा भेटिएको हो ।