SHARE
बुटवल टुडे · सोमबार ७ पु २०८२ ०९:५९ AM · 1 मिनेट पढाइ

बंगलादेशमा शेख हसिनाविरोधी नेतालाई गोली हानियो

काठमाडौँ । बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्धका नेतामाथि आक्रमण भएको छ । बंगलादेशी सञ्चारमाध्यमका अनुसार, राष्ट्रिय नागरिक पार्टी (एनसीपी) का नेता मोहम्मद मोतालेब शिक्दर सोमबार दिउँसो खुलना स्थित आफ्नो घरमा गोली प्रहारबाट घाइते भएका छन् । रिपोर्टअनुसार आक्रमणकारीहरूले मोतालेबको टाउकोमा सिधै गोली हानेको थियो, यद्यपि स्थानीयले उनलाई अस्पताल पुर्‍याउँदा उनको ज्यान बचाएको छ ।