SHARE
बुटवल टुडे · सोमबार ७ पु २०८२ ११:३८ AM · 1 मिनेट पढाइ

भक्तपुरको निर्माणधीन घरमा मजदुरको हत्या

काठमाडौं, ७ पुस । भक्तपुर नगरपालिका–३ वंशगोपाल डेगामनामा निर्माणाधीन घरमा एक मजदुरको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सोमबार बिहान सवा ६ बजेतिर निर्माणाधीन घरको भुईँ तलामा सोही घरमा काम गर्ने ३४ वर्षीय पूर्ण ठकुरी मृत अवस्थामा भेटिएका थिए ।