SHARE
बुटवल टुडे · सोमबार ७ पु २०८२ ०१:२८ PM · 1 मिनेट पढाइ

लुम्बिनी प्रिमियर लिग पुस अन्तिम सातादेखि हुने

बुटवल, ७ पुस । क्रिकेट खेलको प्रबर्द्धन र विकासका लागि यही पुस अन्तिम साता बुद्ध जन्मस्थल लुम्बिनीमा लुम्बिनी प्रिमियर लिग (एलपीएल) क्रिकेट प्रतियोगिता हुने भएको छ । आयोक रेस्पोन्स टिम लुम्बिनीको आयोजनामा पुस २६ गतेदेखि शुरू हुने प्रतियोगितामा नेपाली र भारतीय टिमहरू सहभागी हुने छन् ।