SHARE
बुटवल टुडे · मङगलबार ८ पु २०८२ ०१:५२ AM · 1 मिनेट पढाइ

स्वदेशी उत्पादनको प्रोत्साहन गर्दै बुटवल औद्योगिक प्रदर्शनी

बुटवल, ०८ पुस । बुटवलको औद्योगिक प्रदर्शनीमा स्थानीय साना तथा ठुला उद्योगबाट उत्पादन भएका सामग्रीहरू धेरै देख्न पाइन्छ । प्रदर्शनी प्रवेशको मुखैमा रहेको कपिलवस्तु ग्लास फाइबर इन्डस्ट्रिज छ । बुटवलको औद्योगिक क्षेत्रमा रहेको उद्योगले फाइवरबाट उत्पादन भएका घरायसी सर सामानहरू उत्पादन र बिक्री गर्दै आइरहेको छ । यहाँ फाइवरबाट उत्पादन भएका सरसामानहरू बिक्रीका लागि राखिएको छ ।