SHARE
बुटवल टुडे · मङगलबार ८ पु २०८२ ०१:५३ AM · 1 मिनेट पढाइ

राष्ट्रबैंकका अनुभवी प्रशासक भट्टराई कार्यकारी निर्देशकमा बढुवा

बुटवल, ८ पुस । नेपाल राष्ट्रबैंकमा कार्यरत वरिष्ठ कर्मचारी राजेन्द्र भट्टराई कार्यकारी निर्देशकमा बढुवा भएका छन् । नेपाल राष्ट्रबैंक कर्मचारी सेवा विनियमावली, २०६८ को विनियम ५२ बमोजिम सम्भावित निर्देशकहरू मध्येबाट विनियम ६५ को उपविनियम (२) अनुसार उनलाई प्रशासन सेवातर्फ रिक्त रहेको कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) पदमा बढुवा गरिएको हो ।