SHARE
बुटवल टुडे · मङगलबार ८ पु २०८२ ०१:५८ AM · 1 मिनेट पढाइ

‘म्याद थप्ने खेल अब चाहिँ नहोस्’ 

बुटवल–नारायणगढ सडक निर्माणमा फेरी पनि ढिलासुस्ती भइरहेको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले अव पनि ढिलाइ भए ठेक्का तोड्ने चेतावनी दिनुभएको छ । अबको निर्धारित समयमा पनि नसके ठेकेदार कम्पनीलाई जरिवाना तिराउनेदेखि ठेक्का तोड्नेसम्मको चेतावनीपछि निर्माण व्यवसायीले अहिले कामलाई तीब्रता दिएको छ ।