SHARE
बुटवल टुडे · मङगलबार ८ पु २०८२ ०२:०९ AM · 1 मिनेट पढाइ

बढ्दै डिजिटल हिंसा, थपिँदै सामाजिक चुनौती

मानव सभ्यताको विकाससँगै सञ्चारका माध्यमहरू निरन्तर परिवर्तन हुँदै आएका छन् । कुनै समय चिठीपत्र, दूत र आमनेसामने संवाद नै सूचनाको प्रमुख माध्यम थिए । गाउँघरमा दुःख–सुख साटासाट गर्ने, समस्या समाधान गर्ने र सामाजिक सम्बन्ध सुदृढ बनाउने कार्य प्रत्यक्ष भेटघाटमै हुन्थ्यो । त्यतिबेला हिंसाका रूपहरू पनि प्रत्यक्ष थिए—शारीरिक कुटपिट, मौखिक गालीगलौज, सामाजिक बहिष्कार वा पारिवारिक दबाबका रूपमा।