SHARE
बुटवल टुडे · मङगलबार ८ पु २०८२ ०६:४३ AM · 1 मिनेट पढाइ

महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा नेपालले पहिलो खेल थाइल्यान्डविरुद्ध खेल्ने

काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकपअन्तर्गत ग्लोबल छनोटमा नेपालले पहिलो खेल थाइल्यान्डविरुद्ध खेल्ने भएको छ। घरेलु मैदानमा हुने ग्लोबल छनोटमा नेपालले माघ ४ गते थाइल्यान्डविरुद्ध खेल्नेछ। दोस्रो खेलमा जनवरी २२ (माघ ८) मा नेदरल्यान्डसँग खेल्नेछ। २४ जनवरी (माघ १०)मा जिम्बावेसँग र  जनवरी २६ (माघ १२)मा स्कटल्यान्डविरुद्ध खेल्ने तालिका छ। ग्लोबल छनोटमा नेपाल समूह ‘बी’मा छ।