SHARE
बुटवल टुडे · मङगलबार ८ पु २०८२ ०७:२१ AM · 1 मिनेट पढाइ

रुख कटान प्रकरणमा राप्ती गाउँपालिकाका जनप्रतिनिधि दोषी ठहर

लमही, ८ पुस । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा स्थापना प्रक्रियाका क्रममा सडक विस्तारसँग सम्बन्धित संरचना हटाउने विषयमा प्रकाशित सूचनापछि सुरु भएको रुख कटान विवादले कानुनी रूप लिएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत भालुवाङदेखि सिंगे खोलासम्म सडक क्षेत्राधिकारभित्रका रुख अनुमति बिना काटिएको आरोपमा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टसहित ८ जना जनप्रतिनिधि दोषी ठहर भएका छन्।