SHARE
बुटवल टुडे · मङगलबार ८ पु २०८२ ०८:०३ AM · 1 मिनेट पढाइ

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बुधबार बस्दै

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपा मा बुधबार दिउँसो १ बजे बस्नेछ । पार्टीका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले उक्त जानकारी दिएका हुन् । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।