SHARE
बुटवल टुडे · मङगलबार ८ पु २०८२ ०८:४८ AM · 1 मिनेट पढाइ

कांग्रेसको प्रश्न: जेठो छोराले नै चुनाव रोक्ने हो भने हाम्रो भूमिका के ?

 काठमाडौं, ८ पुस । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अन्तरिम सरकारसँग भएको १० बुँदे सम्झौताको पक्षधर जेनजीहरूले नै निर्वाचन हुन नदिने घोषणा गरेको भन्दै निर्वाचन हुनेमा आशंका व्यक्त गरेका छन् । मंगलबार पार्टी कार्यालय निरीक्षण तथा वार्ताका लागि सानेपा पुगेको सरकारी राजनीतिक वार्ता समितिसँगको छलफलमा उनले यस्तो टिप्पणी गरेका हुन् ।