SHARE
बुटवल टुडे · मङगलबार ८ पु २०८२ ०८:५९ AM · 1 मिनेट पढाइ

पुस १३ गते लुम्बिनी प्रदेश साक्षरता घोषणा हुँदै

लमही, ८ पुस । लुम्बिनी प्रदेश सरकारले पुस १३ गते प्रदेशलाई औपचारिक रूपमा साक्षर प्रदेश घोषणा गर्ने भएको छ । प्रदेश सरकारले शिक्षा क्षेत्रमा हासिल गरेको उपलब्धिलाई आधार मानेर साक्षरता घोषणा गर्न लागेको हो । प्रदेश सरकारका अनुसार आवश्यक मापदण्ड पूरा भएपछि साक्षर घोषणा कार्यक्रम आयोजना गर्न लागिएको हो ।