SHARE
बुटवल टुडे · मङगलबार ८ पु २०८२ ०९:२४ AM · 1 मिनेट पढाइ

अमेरिकामा मेडिकल विमान दुर्घटना, ५ जनाको मृत्यु

काठमाडौँ । अमेरिकाको टेक्सस राज्यमा मेक्सिकन नौसेनाको विमान दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । अमेरिकी तटरक्षक दलका अधिकारीहरूको अनुसार, मेडिकल बिरामी बोकेको मेक्सिकन नौसेना विमान सोमबार दिउँसो टेक्ससको ग्याल्भेस्टन खाडीमा खसेको हो । दुर्घटनामा २ वर्षका बालकसहित ५ जनाको मृत्यु भएको छ ।