SHARE
बुटवल टुडे · मङगलबार ८ पु २०८२ १२:१६ PM · 1 मिनेट पढाइ

महाधिवेशन केही समय ढिला हुन सक्छ : शेखर कोइराला

 काठमाडौं, ८ पुस । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले महाधिवेशन केही समयका लागि धकेलिन सक्ने बताएका छन् । कृष्णप्रसाद भट्टराईको १०२औं जन्मजयन्तीको अवसरमा काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कांग्रेसको महाधिवेशनबारे सबैमा चासो देखिएको भन्दै, महाधिवेशन कुनै नौलो कुरा नभएको बताए ।