SHARE
बुटवल टुडे · मङगलबार ८ पु २०८२ ०१:१८ PM · 1 मिनेट पढाइ

स्कलर्स होमको ३४औँ स्थापना दिवसमा १२औँ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल, ८ पुस । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४औँ स्थापना दिवस विविध शैक्षिक तथा सिर्जनात्मक कार्यक्रमसहित मनाउने भएको छ । यस अवसरमा विगत १३ वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको १२औँ संस्करणको जिल्लास्तरीय अन्तरविद्यालय रनिङ शिल्ड हाजिरीजवाफ (क्विज) प्रतियोगिता आयोजना गरिने विद्यालयले जनाएको छ ।