SHARE
बुटवल टुडे · मङगलबार ८ पु २०८२ ०२:१९ PM · 1 मिनेट पढाइ

थालीमै विषः कमजोर अनुगमनले बढायो स्वास्थ्य संकट

बुटवल, ८ पुस । फलफूल र तरकारीमा बढ्दो र अनियन्त्रित किटनाशक विषादी प्रयोगले नेपाली उपभोक्ताको थाली नै जोखिममा परेको सरोकारवालाले चेतावनी दिएका छन् । नियामक निकाय कमजोर हुँदा विषादीको मनपरी प्रयोग बढ्दै गएको र यसको प्रत्यक्ष असर मानव स्वास्थ्य, वातावरण तथा कृषि प्रणालीमै देखिन थालेको उनीहरूको निष्कर्ष छ ।