SHARE
बुटवल टुडे · बुधबार ९ पु २०८२ १२:३७ AM · 1 मिनेट पढाइ

देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईका धेरै स्थानहरूमा हुस्सु

काठमाडौँ । आज देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ । कोशी प्रदेशका तराई भूभागमा मध्यान्न सम्म तथा बाँकी तराई भूभागमा दिनभर हुस्सु तथा कुहिरो रहनेछ । आज दिउसो  पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने छ ।