SHARE
बुटवल टुडे · बुधबार ९ पु २०८२ ०५:५५ AM · 1 मिनेट पढाइ

राजनीतिक मृत्यु र सिद्धान्त सिद्धिएका दलहरू !

अमेरिकी आलोचक मिल्लर सेन्टरले ‘डेथ अफ पोलिटिक्स’ पुस्तक लेखे जो हामी पनि अनुभूत गर्दैछौं । जब राजनीतिक रूपमा पार्टीको आत्मा सिद्धान्त तथा बैचारिक दर्शनको मरण हुन्छ र पार्टीको जीवन जीवित ढंगले चल्दैन, तब राजनीतिक मृत्यु हुन्छ । काँग्रेस, कम्युनिष्ट र अन्य सबै दलहरूले अब लगभग मलामीको चिन्ता गर्नुपर्ने भएको छ ।