SHARE
बुटवल टुडे · बुधबार ९ पु २०८२ ०७:५७ AM · 1 मिनेट पढाइ

सुनको भाउमा कीर्तिमान, तोलाको २ लाख ६८ हजार १ सय रुपैयाँ पुग्यो

काठमाडौँ ।  सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज सुन तोलामा नौ सय रुपैयाँले बढेर तोलाको दुई लाख ६८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि हिजो सुनको भाउ तोलाको दुई लाख ६७ हजार दुई सय रुपैयाँ थियो ।