SHARE
बुटवल टुडे · बुधबार ९ पु २०८२ ०८:१८ AM · 1 मिनेट पढाइ

ठमेलमा युवक हत्या गर्ने नख्खु कारागारका फरार कैदी रोल्पाबाट पक्राउ

काठमाडौं, ९ पुस । ललितपुरस्थित नख्खु कारागारबाट फरार भई ठमेलमा एक युवकको हत्या गरेका कैदी पक्राउ परेका छन् । फरार कैदी आकाश मगरलाई प्रहरीले रोल्पाबाट पक्राउ गरेको हो । उनलाई नियन्त्रणमा लिएर हाल काठमाडौं ल्याइएको नेपाल प्रहरीका एसएसपी रमेश बस्नेतले जानकारी दिए । घटना गत १३ असोजको हो ।