SHARE
बुटवल टुडे · बुधबार ९ पु २०८२ ०८:२६ AM · 1 मिनेट पढाइ

राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका कार्यालयका लागि कर्मचारी माग्यो

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित राष्ट्रिय तथ्यांक कार्यालयले ठूलो संख्यामा करार सेवाका कर्मचारी माग गरेको छ । कार्यालयले आज सूचना जारी गर्दै नेपाल श्रम शक्ति सर्वेक्षणका लागि देशभरका विभिन्न कार्यालयमा ८० जना कर्मचारी आवश्यक भएको जनाएको छ । योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले आगामी १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।