SHARE
बुटवल टुडे · बुधबार ९ पु २०८२ ०८:४२ AM · 1 मिनेट पढाइ

उज्यालो नेपाल र सर्वोदय पार्टीले गरे चुनावी एकता घोषणा

काठमाडौँ । उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीबीच प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी एकता घोषणा गरिएको छ । दुवै पार्टीले संयुक्त रूपमा निर्वाचनमा सहभागी हुने निर्णय गर्दै उज्यालो नेपाल पार्टीको चुनाव चिन्ह ‘बलेको चिम’ प्रयोग गर्ने सहमति गरेका छन् । बुधबार राजधानीमा पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी दिइएको हो ।