SHARE
बुटवल टुडे · बुधबार ९ पु २०८२ ०९:०४ AM · 1 मिनेट पढाइ

सम्पत्ति विवरण बुझाइयो, सार्वजनिक गर्न प्रधानमन्त्री कार्यालयले ढिला गर्‍यो

 काठमाडौँ । जेनजी आन्दोलनको मागअनुसार सुशासनको कुरा उठाउँदै गठित वर्तमान सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण सय दिन बितिसक्दा पनि सार्वजनिक भएको छैन । सम्पत्ति विवरण सार्वजनिक नभएको विषयमा विभिन्न टिकाटिप्पणी भइरहेका बेला सहरी विकासमन्त्री कुलमान घिसिङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई दोष लगाएका छन् ।