SHARE
बुटवल टुडे · बुधबार ९ पु २०८२ ०९:१४ AM · 1 मिनेट पढाइ

यी हुन् कांग्रेसका २४ सांसद जसले प्रतिनिधिसभा पुनर्स्थापनामा हस्ताक्षर गरेनन्

काठमाडौँ । विघटित प्रतिनिधिसभा पुनर्स्थापनाका पक्षमा नेपाली कांग्रेसका २४ सांसदले हस्ताक्षर गरेका छैनन् । प्रतिनिधिसभा पुनर्स्थापना हुन्छ भन्ने माग गर्दै ६५ सांसदले हस्ताक्षर गरेर सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । मंसिर २३ गते विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशीला थिङसहित ८ सांसदले पुनर्स्थापना माग्दै रिट दायर गरेका थिए ।