SHARE
बुटवल टुडे · बुधबार ९ पु २०८२ ०९:५१ AM · 1 मिनेट पढाइ

बर्दघाटमा किसानलाई ८० प्रतिशत सहुलियतमा प्याथोलोजी सेवा  

नवलपरासी,बर्दघाट । पश्चिम् नवलपरासीको बर्दघाट नगरपालिकाले किसानहरूको स्वास्थ्य सेवाको सहजताका लागि प्याथोलोजी सेवा(ल्याब परीक्षण)मा ८० प्रतिशत सम्म छुट दिने गरी नीति तथा कार्यक्रममा समावेश गरेको छ । यसका लागि नगरपालिकाले आर्थिक वर्ष ०८२/८३ क बजेटमा रु १० लाख रुपैयाँ बिनियोजन गरेको नगरप्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिए ।