SHARE
बुटवल टुडे · बुधबार ९ पु २०८२ १०:०२ AM · 1 मिनेट पढाइ

नेप्से १.३७ अंकले बढ्यो, कारोबार रकम ३ अर्ब २२ करोड

काठमाडौँ । साताको कारोबारको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ । आज नेप्से परिसूचक १.३७ अंकले बढेर २५८५.८७ विन्दुमा पुगेर बन्द भएको छ । बजारमा झिनो सुधार देखिँदा कारोबार रकम भने घटेको छ ।