SHARE
बुटवल टुडे · बुधबार ९ पु २०८२ १२:२३ PM · 1 मिनेट पढाइ

गगन थापाको चेतावनी : छलछाम गरियो भने विकल्पमा जान्छौँ

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले समयमै नियमित महाधिवेशन नभए विकल्पमा जाने चेतावनी दिएका छन्। बुधबार कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै महामन्त्री थापाले तोकिएकै समयमा महाधिवेशन गर्नुपर्ने बताए। सभापति शेरबहादुर देउवा पक्षले महाधिवेशन गर्न आलटाल गरिरहेको आरोप लगाउँदै थापाले भने, ‘छलछाम गर्ने कुरा स्वीकार्य हुँदैन।