SHARE
बुटवल टुडे · बुधबार ९ पु २०८२ ०२:२१ PM · 1 मिनेट पढाइ

आगन्तुक चराले सजिएको बढैयाताल

बर्दिया, ९ पुस । पश्चिम नेपालकै एक मात्र प्राकृतिक तालका रूपमा परिचित बर्दियाको बढैयातालमा यतिबेला आगन्तुक चराहरूको चहलपहल बढेसँगै चरा अवलोकन गर्ने पर्यटकको संख्या पनि तीव्र रूपमा बढ्न थालेको छ। साइबेरियालगायत विभिन्न चिसा मुलुकबाट बसाइँ सरेर आएका चराहरूले ताललाई रंगीन बनाएका छन्।