SHARE
बुटवल टुडे · बुधबार २ पु २०८२ १०:२५ AM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा

बुटवल, २ पुष । बुटवल इलाका प्रहरी कार्यालयबाट जेनजी आन्दोलनमा सहभागी भएका ९ जना युवाहरू रिहा भएका छन् । रिहाइपछि आयोजित छोटो स्वागत तथा भेटघाट कार्यक्रममा लुम्बिनी प्रदेश संयोजक आदित्य आचार्यले अब परिवर्तनको बाटोमा अघि बढिसकेपछि पछाडि फर्कन नहुने उल्लेख गर्दै इच्छुक सबैलाई जिल्ला समितिमा स्वतः सदस्यका रूपमा सहभागी हुन आह्वान गरेका छन ।