SHARE
बुटवल टुडे · बुधबार २ पु २०८२ ११:४३ AM · 1 मिनेट पढाइ

गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती

 बुटवल, २ पुस । नेपाल सरकारले उपहार स्वरुप दिएका दुई हात्ती आज भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारका लागि उडेका छन् । कतार एयरवेजको उडान नम्बर क्यू आर ८८२४ अन्तर्गतको बोइङ ७७७ एफ फ्रेटर जहाजमार्फत बुधबार दिउँसो ५ बजेपछि खगेन्द्रप्रसाद र रुद्रकली नामका दुई हात्ती विमानस्थलबाट छुटेका हुन् ।