SHARE
बुटवल टुडे · बिहीबार ३ पु २०८२ ०२:२९ AM · 1 मिनेट पढाइ

लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता

बुटवल, ३ पुस । लुम्बिनी बौद्ध विश्वविद्यालयमा विदेशी विद्यार्थीको आकर्षण बढ्दै गएको छ । बौद्ध दर्शन तथा सो सम्बन्धित विषयहरू अध्ययनका लागि विदेशी विद्यार्थीको सङ्ख्या बढ्दै गएको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयले लुम्बिनीमा बौद्ध दर्शन केन्द्रित र बुटवल तथा देव दहमा प्रायोगिक बौद्ध अन्तर्गतका शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।