SHARE
बुटवल टुडे · बिहीबार ३ पु २०८२ ०३:०९ AM · 1 मिनेट पढाइ

‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’

नेपालको राष्ट्रिय झन्डाले विश्वमै सुन्दर, आकर्षक र ऐतिहासिक महत्वको झन्डाको पहिचान बनाएको छ । झन्डामा अङ्कित चन्द्र सूर्यले जबसम्म आकाशमा सूर्य र तारा रहन्छ तबसम्म नेपालको अस्तित्व रहन्छ भन्ने सन्देश र अर्थ राख्दछ । राष्ट्रिय झन्डाको प्रभावकारिता विषयमा भएको विश्व अध्ययनले पनि नेपालको राष्ट्रिय झन्डा विश्वकै आकर्षक भनेको छ ।