एमाले महाधिवेशन : सुरु भयो मतगणना
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ। एमालेको केन्द्रीय निर्वाचन आयोगका सचिव डा कुन्साङ लामाले मतगणना सुरु भएको जानकारी दिए। ‘मतगणना भर्खर सुरु गर्यौँ’, उनले भने। काठमाडौँको भृकुटीमण्डपमा बुधबार बिहान ९:२० मा सुरु गरिएको मतदान साढे २१ घन्टापछि बिहीबार (आज) बिहान ७ बजेतिर सकिएको थियो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
