SHARE
बुटवल टुडे · बिहीबार ३ पु २०८२ ०५:३४ AM · 1 मिनेट पढाइ

एमाले मतगणना : मतान्तर बढाउँदै ओली 

काठमान्डौ, ३ पुष । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको मतगणना जारी रहेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक मतपरिणामअनुसार अध्यक्ष पदका उम्मेदवार केपी शर्मा ओलीले ३३३ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् भने वरिष्ठ उपाध्यक्षका उम्मेदवार ईश्वर पोखरेलले ११० मत हासिल गरेका छन् ।