SHARE
बुटवल टुडे · बिहीबार ३ पु २०८२ ०५:५३ AM · 1 मिनेट पढाइ

जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी

काठमान्डौ, ३ पुष । तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी)  तथा हाल अवकाश प्राप्त चन्द्रकुवेर खापुङको बयान उच्चस्तरीय जाँचबुझ आयोगमा जारी रहेको छ । २३ र २४ भदौमा भएका घटनाको छानबिनका लागि गठित उच्चस्तरीय जाँचबुझ आयोगले बिहीबार सिंहदरबारस्थित आफ्नो कार्यालयमा खापुङको बयान लिइरहेको आयोग स्रोतले जनाएको छ ।