SHARE
बुटवल टुडे · बिहीबार ३ पु २०८२ ०६:२० AM · 1 मिनेट पढाइ

शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए

काठमान्डौ, ३ पुष । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैली र प्रक्रियाप्रति कडा असन्तुष्टि व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत आफ्नो आक्रोश सार्वजनिक गरेका छन् । देशको प्रशासनिक प्रणाली कछुवाको गतिभन्दा पनि निकै सुस्त रहेको उल्लेख गर्दै उनले यसले सुशासन र समृद्धिको यात्रामा गम्भीर अवरोध सिर्जना गरिरहेको बताएका छन् ।