SHARE
बुटवल टुडे · बिहीबार ३ पु २०८२ ०६:३० AM · 1 मिनेट पढाइ

सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता

काठमान्डौ, ३ पुष । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत मतगणना जारी रहँदा सचिव पदमा केपी शर्मा ओली नेतृत्वको प्यानलले स्पष्ट अग्रता कायम गरेको छ । पछिल्लो मत परिणामअनुसार सचिवका लागि उम्मेदवार रहेका ९ जना नै ओली समूहका उम्मेदवारहरू अगाडि देखिएका छन् ।