SHARE
बुटवल टुडे · बिहीबार ३ पु २०८२ ०७:२७ AM · 1 मिनेट पढाइ

ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी

काठमान्डौ, ३ पुष । नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । बिहीबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणामअनुसार पोखरेलले प्रतिद्वन्द्वी सुरेन्द्र पाण्डेलाई पछि पार्दै महासचिव पदमा निर्वाचित भएका हुन्, निर्वाचन आयोगका एक सदस्यले जानकारी दिएका छन् । पोखरेलले कुल १,२२८ मत प्राप्त गरेका छन् ।