SHARE
बुटवल टुडे · बिहीबार ३ पु २०८२ ०८:३२ AM · 1 मिनेट पढाइ

महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ

 काठमाडौँ । नेकपा एमालेका नव निर्वाचित महासचिव शंकर पोखरेलले पार्टीमा सबैसँग मिलेर काम गर्ने बताएका छन् । आफू महासचिवमा विजयी भएको जानकारी पाएपछि भृकुटीमण्डपस्थित मतगणना स्थलमा पुगेका पोखरेलले यस्तो प्रतिक्रिया दिएका हुन् । पोखरेल दोस्रो कार्यकालका लागि एमाले महासचिवमा विजयी भएका हुन् ।