SHARE
बुटवल टुडे · बिहीबार ३ पु २०८२ ०९:०४ AM · 1 मिनेट पढाइ

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै

काठमाडौँ । नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको शपथको समय तय भएको छ । निर्वाचन आयोगले पदाधिकारीसहित केन्द्रीय कमिटीको शपथ अपराह्न ४ बजे भृकुटीमण्डपस्थित महाधिवेशन हलमा लिन तय गरेको छ । एमालेको अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेल निर्वाचित भएका छन् । पदाधिकारीसहित केन्द्रीय कमिटीमा ओली प्यानलले बहुमतसहित विजयी भएको छ ।