SHARE
बुटवल टुडे · बिहीबार ३ पु २०८२ ०९:३३ AM · 1 मिनेट पढाइ

विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

 काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्यमा पराजित भएका छन् । एघारौं महाधिवेशनमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा उनी उपमहासचिव र केन्द्रीय सदस्य दुवैका उम्मेदवार थिए । उपमहासचिवमा पराजित भएका रिमाल केन्द्रीय सदस्यको चुनावमा पनि हार व्यहोरेका हुन् ।