SHARE
बुटवल टुडे · बिहीबार ३ पु २०८२ ०९:४३ AM · 1 मिनेट पढाइ

एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी

विराटनगर । नेकपा एमालेको ११ औँ महाधिवेशनबाट कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सचिवमा निर्वाचित भएका छन् । उनका दाजु दीपक कार्की भने केन्द्रीय सदस्यमा विजयी भएका छन् ।मुख्यमन्त्री कार्कीले १,३३७ मत ल्याएर सचिवमा विजयी हुँदा, दीपक कार्कीले खुला केन्द्रीय सदस्यमा १,११६ मत ल्याएर सफलता प्राप्त गरेका हुन् ।